• ०६८-५२०१३५

गण्डकी प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय, बागलुङ

गण्डकी प्रदेश, बागलुङ

forest logo

सूचना ! सूचना ! सूचना



“जडिबुटी उत्पादन, खेती विस्तार, भण्डारण”, “पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार, “ सहकारी/समूह मार्फत जडिबुटी उत्पादन खेती विस्तार भण्डारण प्रशोधन र बजारीकरण” कार्यक्रमका लागि प्रस्ताव पेश गर्दा संलग्न हुनु पर्ने कागजातहरुः
क. निवेदन सहित तोकिएको ढाँचामा लेखिएको प्रस्ताव
ख. सहकारी र सामुदायिक वन उपभोक्ता समूहको हकमा समितिको निर्णय प्रतिलिपि
ग. गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
घ. सहकारी/उद्यमी भएमा संस्था दर्ता, कर चुक्ता तथा स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
ङ. सहकारीको विधान
(विधानमा जडिबुटी सम्बन्धी कार्य गर्ने उल्लेख भएको हुनु पर्ने)
छ. सम्बन्धित सव डिभिजन वन कार्यालयको सिफारिस
च. नीजि जग्गा भए कार्यक्रम संचालन गरिने जग्गाको लालपूर्जा वा सामुदायिक वन भए जग्गाको सुनिश्चितता

प्रस्तावको ढाँचा
१. प्रस्ताव पेश गरिने कार्यक्रमको नाम
२. प्रस्तावकको संस्थागत विवरण तथा परिचय
३. प्रस्तावित कार्यक्रमका मुख्य क्रियाकलाप
४. प्रस्तावित कार्यक्रमको औचित्यता
५. कार्यक्रम संचालनका लागि स्रोतसाधनको उपलब्धता
६. प्रस्तावकको लगानी र कार्यक्रमको दिगोपनाका आधार
७. कार्यक्रम संचालन गरिने स्थान र भावी संभावना
८. व्यवसायिक योजना
९. लागत इष्टिमेट
१०. प्रस्तावित कार्यक्रममा जनसहभागिता
११. स्थानीयस्तरमा रोजगारीको सुनिश्चितता
१२. कार्यक्रमको नवीनता र सिर्जनशिलता
१३. प्रस्तावित कार्यक्रमको वातावरणीय प्रभाव
१४. कार्यक्रम लागु भएमा हुने आशातित उपलब्धीहरु

नोटः रित पूर्वक पेश भएका प्रस्तावहरुको प्रारम्भीक छनौट गरी फिल्ड भेरिफिकेसन गरे पश्चात् मात्र प्रस्तावहरुको अन्तिम छनौट गरिने छ । साथै विगतमा डिभिजन वन कार्यालय बागलुङबाट कुनै पनि कार्यक्रम संचालन नभएका प्रस्तावकलाई प्राथमिकता दिइनेछ ।

Download: सूचना ! सूचना ! सूचना